गठबन्धन दलका उम्मेदवारको आज मनोनयन दर्ता

गठबन्धन दलका उम्मेदवारको आज मनोनयन दर्ता


ग्लोब नेपाल
0
Shares

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धन दलका उम्मेदवारहरूको मनोनयन दर्ता आज हुँदै छ । तालमेलमा समझदारी भएका स्थानीय तहहरूमा गठबन्धन दलहरूले संयुक्त उम्मेदवारहरूको मनोनयन दर्ता गराउने भएको हो ।

गठबन्धन दलका नेताहरू मनोनयन दर्ताको पहिलो दिनसम्म पनि देशका धेरै ठाउँमा तालमेलबारे समझदारी कामय गर्नै व्यस्त रहे । तर, पनि ललितपुर महानगरपालिका र पोखरा महानगरपालिकामा समझदारी जुटाउन सकेनन् ।

आज भने मनोनयन दर्ताको अन्तिम दिन भएकाले तालमेलको समझदारी भएको ठाउँमा संयुक्त र नभएको ठाउँमा दलहरूले एक्लै पार्टीका उम्मेदवार खडा गरेर मनोनयन दर्ता गराउने भएका छन् ।

संघीय राजधानी रहेको काठमाडौं कांग्रेसका सभापति कृष्ण सबुज बानियाँले गठबन्धन दलहरूको आजै काठमाडौंमा मनोनयन दर्ता गराउने तयारी भइरहेको जानकारी दिए । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनविरुद्ध नेकपा एमाले नेतृत्वको अर्को गठबन्धन खडा छ । उक्त गठबन्धनले पनि आजै मनोनयन दर्ता गराउने भएको छ ।

मनोनयन दर्ताको समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहेको छ । यसअघि मनोनयन दर्ताको पहिलो दिन आइतबार (हिजो) साना दल र स्वतन्त्रतर्फबाट मनोनायन दर्ता भएका थिए ।