आमा

आमा



फोक्सो नै सुकुन्जेल फुकेर बालेको दाउरामा
आज म त्यो नौलो उर्जा खोजिरहेछु
ता कि भोलि कुनै जन्मदातालाई ढुंग्रो फुक्न नपरोस्

कयौं अधेरी रात पिडामा छ्ट्पटाइ झारेको मोति जस्तै स-साना दानामा
म आज हर्ष अनि अनन्त खुसीको लर्को खोजिरहेछु
ता कि भोलि कुनै माताले पीडा पानी सरि पिउन नपरोस्

तिमीले बिर्सियौ होला होइन त आमा ,
पटुकीमा बाँधेर बचाएको बीस रूपैयाँबाट
खुसुक्क दस रूपैयाँ बुवालाई नदेखाई आफ्नो सन्ततीलाई दिएको

तिमिले पहिरेको त्यो थोत्रो धोती र चोलोमा
आज म इज्जत खोजिरहेछु
ता कि भोलि कुनै नारीलाई केही कुरामा नि लुकी हिँड्न नपरोस्

हामी सबैको जनमानषको सृष्टिकर्ता
आशीष धेरै देउ अब हामीलाई

आफूलाई हरपल बलेर जलाएर बालेको प्रकाशमा
हामी सबैले यस्तो ज्योति खोज्न सकौं
ता कि भोलि कुनै आमालाई अन्धकार
अनि दलदल त्यो भुमरीमा बाँच्न नपरोस् !!

 तुल्सिपुर -४- दाङ