पहिलो खेलमा जिम्बाब्बे ‘ए’सँग नेपाल पराजित

पहिलो खेलमा जिम्बाब्बे ‘ए’सँग नेपाल पराजित


ग्लोब नेपाल
162
Shares

काठमाडौं । जिम्बाब्बेविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १८३ रनको योगफल तयार गरेको थियो । यद्यपि, आक्रामक ब्याटिङ गरेको जिम्बाब्बे ‘ए’विरुद्ध बलिङ नचल्दा नेपाल राम्रो योगफल पनि बचाउन सकेन । जिम्बाब्बेका लागि इनोसेन्ट कायाले ३० बलमा ९ चौकासहित ४७ रन बनाएका थिए ।

यस्तै, टोनी मुन्योङ्गाले २३ बलमा ७ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेले । टाडिवान्से मरुमानीले ४१ बलमा ३ चौका र ३ छक्कासहित अविजित ५६ रनको इनिङ खेलेका थिए ।
जिम्बाब्बे ‘ए’का विकेटकिपर–ब्याटर क्लिभ माडन्डे ८ रनमा आउट हुँदा कुड्जाई मुन्जे ८ र रोए काया ६ रनमा अविजित रहे ।

नेपाली सिनियर टिममा डेब्यू गरेका बसिर अहमदले ३ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ५० रन खर्चेर एक र करण केसीले ३ ओभरमा ३५ रन खर्चेर एक विकेट लिए । जिम्बाब्बे ‘ए’ विरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा नेपालले एक सय ८२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले २७ रनको साझेदारी गर्दै मध्यम सुरूवात दिलाएका थिए । नेपालका लागि ३१ बलको सामना गरेका कुशलले ८ चौकासहित ४६ रनको शानदार इनिङ खेल्दा १६ बलमा एक चौकासहित ९ रन बनाएर आशिफ आउट भएका थिए । आदिल आलमले २७ बलमा ४ चौका र ३ छक्कासहित अविजित ४७ रनको इनिङ खेलेका थिए ।

तेस्रो नम्बरमा क्रिजमा उत्रिएका रोहितकुमार पौडेलले २६ बलमा २ चौका र १ छक्कासहित ३६ रन बनाउँदा आरिफ शेख ४ बलमा २ रन बनाएर पेभेलियन फर्केका थिए । यस्तै करण केसी ४ रनमा अविजित रहे । जिम्बाब्बेका लागि ब्राड इभान्स, लुक जोङ्ग्वे, ब्रान्डोन माभुता र जोन मसाराले एक/एक विकेट लिए ।