वागी उम्मेदवारी निष्क्रिय गराउन आजसम्म कांग्रेसको समयसीमा

वागी उम्मेदवारी निष्क्रिय गराउन आजसम्म कांग्रेसको समयसीमा


ग्लोब नेपाल
297
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन नमानेका उम्मेदवारहरूलाई आजसम्म उम्मेदवारी निष्क्रिय गराउन नेपाली कांग्रेसले निर्देशन दिएको छ ।

पार्टीका आधिकारीक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवारी दर्ता गराएका तथा उम्मेदवारको प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यको सदस्यता स्वतः समाप्त भई पार्टीबाट निष्काशित हुने बताउँदै आएको कांग्रेसले पुर्नविचार गर्न अनुरोध गरेको छ । कांग्रेसले हिजो एक विज्ञप्ती जारी गर्दै वागी उम्मेदवारसहित प्रस्तावक र समर्थकहरूलाई आजसम्म आफ्नो उम्मेदवारी प्रति पुर्नविचार गर्दै सार्वजनिक वक्तव्यमार्फत उम्मेदवारी निस्क्रिय गरी आधिकारिक उम्मेदवारका पक्षमा लाग्न निर्देशन दिएको छ ।

आजसम्म पार्टीको निर्देशन मान्दै प्रतिबद्धता जनाउनेलाई पार्टी विधान बमोजिम हुने कारबाहीमा केन्द्रले आवश्यक प्रक्रिया पुर्‍याई पुर्नविचार गर्न सक्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।