‘जन्मदिनले कामप्रति प्रेरण’

‘जन्मदिनले कामप्रति प्रेरण’


ग्लोब नेपाल
351
Shares

काठमाडौं । हास्यब्यग्य अभिनेता मदनकृष्ण श्रेष्ठले आफुलाई कला क्षेत्रमा अघि बढ्न उमेरले नरोक्ने बताएका छन् । मंगलबार काठमाडौंमा एक समारोहबीच आफ्नो जन्म दिनको केक काट्दै गर्दै उनले यस्तो भनाई राखेका हुन् । हरेक जन्म दिनमा जीवनको महत्व अझै बुझ्ने गरेको र अझै धेरै काम गर्नु छ भन्ने महसुस हुने गरेको पनि उनले बताएका छन्, ‘मलाई त जन्म दिनले काम गर्नका लागि झनै प्रेरणा बढाउँछ ।’ उनले भने ।

आफुले गायकको गीत ‘एउटा सपना छ…’को भिडियो कलाकार मदनकृष्ण श्रेष्ठ मंगलबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरे । सोही क्रममा उनले आफुलाई जन्म दिनले जीवनको महत्व अझ बढाउने गरेको बताएका हुन् । गीतको भिडियो सार्वजनिक कार्यक्रममा भिडियोका छायाँकार हरि हुमागाईंसहित प्राविधिक टिमले केक काटेर हास्य अभिनेता मदनकृष्ण श्रेष्ठको जन्म दिन मनाई दिएको हो ।

यो गीत निकै मार्मिक छ । गीतलाई पुष्पन प्रधानले लेखेका हुन् । जसमा संगीत पनि पुष्पनकै छ । यो गीतको भिडियोलाई मदनकृष्णकै छोरी सराना श्रेष्ठले निर्देशन गरेकी हुन् । गीत निकै मार्मिक र कथानक भएकाले आफुले भिडियो पनि बुबाको चाहना अनुसारको बनाएको सरानाले कार्यक्रममा बताईन् ।

आमाको निधनपछि सरानाले बुबालाई एक्लो महसुस हुन दिएकी छैनन्,‘बुबा आफ्नै काममा व्यस्त हुनुहन्छ । उहाँले खाना कुरामा प्राय वास्ता नगर्दा कमजोरी हुनुका साथै स्वास्थ्य अबस्था बिग्रने चिन्ता लाग्छ ।’ यसो भन्दै सरानाले अबका दिनमा समयमै खानको लागि बुबालाई आग्रह गरिन् ।

एउटा सपना छ…को भिडियोमा मदनकृष्ण श्रेष्ठ र आँचल शर्माको अभिनय छ । जसमा मदनकृष्ण र आँचलले हजुरबुबा नातिनीको भूमिका निर्वाह गरेका छन् । गीत र अभियन दुबै माध्यमबाट मदनकृष्णले दर्शकको मन जितेका छन् ।

छोरानाति बिदेशमा रमाउने गरेको र हजुर बुबा हजुर आमा बिदेशमा गएर ती छोरा नातीसँग रम्न नसक्ने गरेको कथालाई छोरी सरानाले बुबा मदनकृष्णको गीतमा निकै मार्मिक रुपमा उतारेको अर्का हास्य अभिनेता केदार घिमिरे (माग्ने बुढा)ले बताए,‘गीतको मर्म अनुसारको निकै राम्रो भिडियो सरानाले बनाएकी छिन् ।’ उनले भने ।