सर्वोच्चको फूलकोर्टमा उठ्यो इनमको प्रसंग

सर्वोच्चको फूलकोर्टमा उठ्यो इनमको प्रसंग

न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) मा इनम सापकोटाको मोबाइलमा देखिएका न्यायाधीशहरूको बारेमा छलफल भएको छ ।

आज (शुक्रबार) डाकिएको फूलकोर्टको बैठकमा इनम सापकोटाले प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम लिएको अनि न्यायाधीश हरि फुयालले सापकोटालाई भेटेको विषयमा न्यायाधीशहरूले प्रश्न गरेका थिए । त्यसको जवाफमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालले आफ्नो भनाइ राखेका थिए ।

न्यायाधीशहरूले विवरण सार्वजनिक भइसकेपछि त्यसबारेमा अध्ययन गर्न न्यायपालिकाभित्रै समिति गठन गर्नुपर्ने सुझाव दिएका थिए ।

तर सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल विदेश भ्रमणमा रहेको अनि न्यायाधीश अब्दुल अजीज मुसलमान पनि बिदामा रहेकाले सोमबार फेरि विस्तृत रुपमा फूलकोर्टको बैठक डाक्ने सल्लाह भएको एक न्यायाधीशले जानकारी दिए । उनले भने, ‘सोमबार सबै उपस्थित भएपछि फूलकोर्ट डाक्ने र यसबारे विस्तृत छलफल गर्ने कुरा भएको छ ।’