रुकुमपश्चिममा माओवादी र कांग्रेसका कार्यक्रताबीच झडप

रुकुमपश्चिममा माओवादी र कांग्रेसका कार्यक्रताबीच झडप


ग्लोब नेपाल
189
Shares

सुर्खेत । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा चुनाव प्रचारप्रसारका क्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । चुनाव प्रचारप्रसारका क्रममा माओवादी केन्द्र र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो ।

झडपमा परी ६ जना घाइते भएका छन् । कांग्रेस त्रिवेणी गाउँपालिका अध्यक्ष उम्मेदवार अमरसिंह खड्का सवार गाडीमाथि माओवादी कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको दाबी छ भने माओवादीले जिल्ला कमिटी सदस्य चुडामणि बस्नेतको घरमा कांग्रेसले तोडफोड र ढुंगा हानेका कारणले झडप भएको जनाएको छ ।

माओवादी र कांग्रेसका कार्यक्रताबीच झडप भएपछि त्यहाँ प्रहरी परिचालन गरिएको रुकुमपश्चिमका डिएसपी विष्णुप्रसाद सोतीले बताए । जिल्लाका ६ पालिकामध्ये चार पालिकामा कांग्रेस र नेकपा एमालेले चुनावी तालमेल गरेका छन् ।