अन्तरघात गर्नेहरुको सूचना र प्रमाण संकलन गर्न कांग्रेसले बनायो गाेप्य संयन्त्र !

अन्तरघात गर्नेहरुको सूचना र प्रमाण संकलन गर्न कांग्रेसले बनायो गाेप्य संयन्त्र !


ग्लोब नेपाल
405
Shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा पार्टीका अधिकारीक उम्मेवार विरुद्ध अन्तरघात गर्ने असहयोग गर्ने र निष्कृय बस्नेहरु विरुद्ध सुचना संकलन गर्न गाेप्य संयन्त्र निर्माण गरेको छ । कांग्रेस स्रोतका अनुसार पार्टीका उच्च तहका पदाधिकारीको नेतृत्वमा गठन गरिएको संयन्त्रमा पार्टीका केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिइएको छ ।

जिल्लाको जिम्मेवारी पाएका केन्द्रीय सदस्यले निर्वाचन क्षेत्र र आवश्यकता अनुसार वडा तहमा सुराकी खटाउने व्यवस्था गरिएको छ । काठमाडौं जिल्लाको एउटा निर्वाचन क्षेत्रमा खटिएका कांग्रेस कार्यकर्ताका अनुसार उनले काठमाडौं जिल्ला हेर्ने केन्द्रीय सदस्यलाई अन्तरघात गर्नेहरुको रिपोर्ट दिने छन् र ती केन्द्रीय सदस्यले गुप्तचर विभाग हेर्ने उच्च पदाधिकारीलाई रिपोर्ट गर्ने व्यवस्था गरिएको छ ।

कांग्रेसले पार्टी विरुद्ध गतिविधि गर्ने आफ्ना कार्यकताको गतिविधिको गोप्य रुपमा अनुसन्धान र सूचना संकलन गर्न संयन्त्र निर्माण गरेर कारवाही गर्ने तयारी गरिरहेको बताइएको छ । सूचकहरुले अन्तरघातको प्रमाण समेत संकलन गर्ने जिम्मेवारी पाएको बताइएको छ । उनीहरुले टेलिफोनको कल डिटेल भ्वाइस रेकर्ड सहित व्यक्तिहरुवाट सूचना संकलन गर्ने छन् ।