एन्फा पूर्वअध्यक्ष गणेश थापाले बुधबार पत्रकार सम्मेलन गर्ने

एन्फा पूर्वअध्यक्ष गणेश थापाले बुधबार पत्रकार सम्मेलन गर्ने


ग्लोब नेपाल
135
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । हाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धमा रहेका थापाले धोबिघाटस्थित अगेनो रेस्टुरेन्टमा दिउसो पौने २ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन् ।

थापाले नेपाली फुटबल र आफ्नो केही महत्वपूर्ण विषयमा जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन गरेको बताएका छन् ।

‘मैले नेपाली फुटबल र मेरो केही महत्वपूर्ण विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भइदिनुहुनका निमित्त हार्दिक अनुरोध गर्दछु,’ थापाले आग्रह गरेका छन् ।

यसअघि थापाले पत्रकार सम्मेलन गर्ने बताएका पनि व्यक्तिगत कारण देखाउँदै स्थगित गरेका थिए । करिब दुई दशक नेपाली फुटबलको सर्वाेच्च संस्था एन्फा हाकेका थापाले यस समयमा गर्ने पत्रकार सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

एन्फाको आगामी चुनाव ६ असारमा हुँदै छ । आगामी ४ वर्षको नेतृत्व समाल्ने गरी हालका अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ चुनावी मैदानमा उत्रँदै छन् ।