निर्णायक खेलमा नेपाल र जिम्बावे ‘ए’

निर्णायक खेलमा नेपाल र जिम्बावे ‘ए’


ग्लोब नेपाल
621
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बावे ‘ए’ र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसिय खेल आज हुदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल साढे ९ बजे हुने तालिका रहेको छ । तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस केही समय पर धकेलिने क्यानले जनाएको छ ।

नेपाल र जिम्बावे ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ । पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो । अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ ।