नेपाल र जिम्बाब्बे ए बीचको निर्णायक खेल ३३ ओभरको हुने

नेपाल र जिम्बाब्बे ए बीचको निर्णायक खेल ३३ ओभरको हुने


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बाब्बे ए र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल साेमबार हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल निर्धारित समय अनुसार ९ बजे हुनु पर्ने थियो । तर, राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे मात्र हुनेछ ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार टस १२ बजे हुनेछ भने खेल साढे १२ बजे सुरु हुनेछ । यस्तै खेल ३३ ओभरको हुने जनाइएको छ । नेपाल र जिम्बाब्बे ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ ।

पहिलो खेलमा जिम्बाब्बे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो । अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ । यता जिम्बाब्बे भने शृंखला जित्दै भ्रमय सुखमय बनाउन चाहन्छ ।