कोलोराडोको लङमन्टमा स्थानीय सरकारको समन्वयमा नेपाली जात्रा हुदै

कोलोराडोको लङमन्टमा स्थानीय सरकारको समन्वयमा नेपाली जात्रा हुदै



कोलोराडो, अमेरीका । नेपालीहरुको बाक्लो बसोवास रहेको कोलोराडोको लङमन्टमा स्थानीय सरकारको सहयोग तथा समन्वयमा नेपाली जात्रा हुने भएको छ । स्थानीय सुनन्दा डंगोलको नेतृत्व तथा कोलोराडोमा रहेका बिभिन्न संघ संस्थाहरुको पहलमा आगामी जुलाई १० तारिक आईतबार दिउसो १२ बजे देखि ३ बजेसम्म लङमन्ट म्यूजियम तथा कल्चर सेन्टरमा जात्रा हुन लागेको हो ।

जात्रामा लाखे, कुमारी, तथा अन्य बिभिन्न समुदायका आ–आफ्नो पहिचाहन झल्कने सांस्कतिक कार्यक्रम प्रर्दशन गर्न सकिने डंगोले बताएकी छन् ।

हामी नेपालीहरुले अहिले सम्म हाम्रै समुदाय लक्षित कार्यक्रम मात्र गर्दै आएका छौ । यसबाट यहाका स्थानिय सरकारलाई हामी के कती छौ हाम्रा सांस्कृतिक चाल चलन के कस्ता छन् केही थाहा छैन । तर यो कार्यक्रम भनेको यहाका स्थानीय दर्शकहरु बिच गरिने कार्यक्रम हो । सबै दर्शकहरुलाई निशुल्क प्रवेश हुने कार्यक्रमबाट थोरै भएपनि नेपाली भाषा संस्कृतीको संरक्षण तथा पहिचाहनमा टेवापुग्ने उनको दावी छ । स्थानीय सिटी अफ लङमन्टले हाम्रो कार्यक्रमको प्रचार प्रसार गरिदिने भएकाले स्थानीयहरु हाम्रो कार्यक्रम हेर्न आउने उनी बताउंछिन् ।

स्थानीय आदिवासी धेरै कम भएको अमेरीकामा संसार भरीका मानिसहरुको बसोबास रहेको छ । बिभिन्न देशका मानिसहरु आउंदा उनिहरुको भाषा संस्कृती संगै आएको हुन्छ । त्यस्ता भाषा संस्कृतीको जगेर्ना गर्न यहाका हरेक सिटीले कार्यक्रम बनाएको हुन्छ । त्यस्ता कार्यक्रमहरु सिटीसंग समन्वय गरेर यिनीहरुका माझ कार्यक्रम देखाउदै जान सकेमात्र हाम्रो पहिचाहन गराउन सकिन्छ । यसै माध्यमबाट भबिश्यमा बिभिन्न अधिकारहरु दाबी गर्न सकिने उनी बताउ छिन् ।

त्यसैले कोलोराडोमा रहेका बिभिन्न जातिय संघ संस्थाहरुलाई उक्त दिन आ –आफ्ना भेषभुषा संस्कृती झल्कने कार्यक्रमहरु प्रर्दशन गरी नेपाल र नेपालीको पहिचाहन गराउन कार्यक्रममा सहभागी भईदिनु हुन सुनन्दाले सबैलाई अनुरोध गरेकी छिन् । आफ्नो कार्यक्रम देखाउन चाहनु हुने महानुभावहरुलाई यस (720-745-9267) नम्वरमा सम्पर्क गर्नुहुन समेत उनले अनुरोध गरेकी छन् ।