कडा सुरक्षा घेराभित्र गज्याङकोटमा पुन: मतदान

कडा सुरक्षा घेराभित्र गज्याङकोटमा पुन: मतदान


ग्लोब नेपाल
108
Shares

जुम्ला । जम्लाको गुठीचौरगाउँपालिका-३ गज्याङकोटमा पुन: मतदान सुरू भएको छ । गत शुक्रबार शंकर माध्यामिक विद्यालयमा झडप हुँदा यहाँ मतदान स्थगित भएको थियाे । फेरी झडपकाे स्थिति नहाेस् भनेर मतदान स्थलमा सुरक्षाकर्मीकाे उपस्थिति बाक्लाे पारिएकाे छ । यहाँ झण्डै एक मतदाता एक सुरक्षाकर्मीकाे अवस्था छ ।

प्रमुख जिल्ला अधिकारी बिजयकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरी बल ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द सहितको टिम मतदान स्थलमा पुगेकाे छ । निर्वाचन अधिकृत तुलराज चौलगाईका अनुसार अहिलेसम्म एक सय ८८ मत खसिसकेको छ ।

आजकाे निर्वाचन भयरहित अवस्थामा सम्पन्न हुने निर्वाचन अधिकृत शम्भु गौतमले जानकारी दिए । एक हजार सात मतदाता रहेकाे यस केन्द्रमा ३० वैशाखमा तीन सय २० मत खसिसकेपछि स्थगित भएकाे थियाे ।