भक्तपुर नगरपालिकामा नेमकिपा दाेहाेरिने बाटाेमा

भक्तपुर नगरपालिकामा नेमकिपा दाेहाेरिने बाटाेमा


ग्लोब नेपाल
81
Shares

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले यस पटककाे स्थानीय तह निर्वाचनमा पनि आफ्नाे बर्चस्व कायम राख्ने स्थिति देखिएकाे छ । नेमकिपाले आफू कम्जाेर ठानेकाे भक्तपुर नगरपालिका १ र भक्तपुर नगरपालिका ३ मा पनि फराकिलो अन्तरले प्यानलसहित विजयी भएपछि नेतृत्व दाेहाेरिने सम्भावन देखिएकाे हाे ।

भक्तपुरमा १० वडा छन् । यीमध्ये वडा नम्बर १ र ३ नेमकिपाका लागि सबैभन्दा चुनाैतिपूर्ण थियो । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका सम्पूर्ण दल एक भई नेमकिपालाई हराउँन गठबन्धन बनाएका थिए । तर, परिणामअनुसार नेमकिपा सबै राष्टिय पार्टीको संयुक्त गठबन्धनलाई फराकिलो मतअन्तरले पराजित गरी यी दुवै वडामा प्यानलसहित विजयी हासिल गरिसकेको छ ।

आइतबार बिहानसम्म भक्तपुर नगरपालिका वडा नम्बर १, २ र ३ को मत परिणाम आइरहेको छ । नेमकिपाको मेयर र उपमेयरले पाएको मत पनि निकै फराकिलो अन्तर छ । यस हिसाबले आंकलन गर्दा यसपटक पनि ‘क्लिन स्विप’ नै हुने स्थानीयकाे भनाइ छ ।

भक्तपुर नगरपालिकामा ७५ दशमलब ७१ प्रतिशत मत खसेको थियो । यहाँ ५७ हजार दुई सय ७० मतदाता रहेकोमा ४३ हजार तीन सय ५९ मत खसेको थियो ।
यसअघिको निर्वाचनमा कुल ५२ हजार नौ सय ३० मतदातामध्ये नेमकिपाबाट उम्मेदवार बनेका सुनिल प्रजापतिले २५ हजार सात सय ३० मत र उपमेयरमा रजनी जोशीले २५ हजार सात सय ११ मत ल्याएर विजयी भएका थिए । यो पटक पनि नेमकिपाबाट दुवै दोहरिएका छन् ।