अजयमेरु गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसको अग्रता

अजयमेरु गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसको अग्रता


ग्लोब नेपाल
135
Shares

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले उपाध्यक्षमा नेपाली कांग्रेसले अग्रता बनाएको छ। नेकपा एमालेका उम्मेदवार पदम पालले ७१२, नेपाली कांग्रेसका उम्मेदवार टेकराज पाण्डेयले ६६२ र माओवादी केन्द्रका उम्मेदवार उमेशप्रसाद भट्टले ६४० मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा कांग्रेसका उम्मेदवार बसन्ती पालले १०३७, कांग्रेस विपीका उमेदवार रामचन्द्र ऐरले ४२४ र एकीकृत माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणले ५९७ मत पाएकी छन्।
अजयमेरु गाउँपालिकाको १ र ६ नम्बर वडाको मत परिणाम सार्वजनिक हुँदा दुबै वडामा कांग्रेस विजयी भएको छ। यहाँ विपी कांग्रेस र एमालेको गठबन्धन छ।