पोखरामा १० हजार ५०० गणना, गठबन्धन साढे ३०० मतले अगाडि

पोखरामा १० हजार ५०० गणना, गठबन्धन साढे ३०० मतले अगाडि


ग्लोब नेपाल
108
Shares

पोखरा । पोखरा महानगरमा हालसम्म १० हजार ४९३ मत गणना सकिएको छ । मेयरमा गठबन्धनका धनराज आचार्यले साढे ३०० भन्दा बढी मतान्तरले लिड गरिरहेका छन् । उनले चार हजार १९१ मत पाउँदा एमालेका कृष्ण थापाले तीन हजार ८३० मत पाए । राप्रपाका शंकर खरालले ५४६ र स्वतन्त्र उम्मेद्वार गनेस पौडेलले २५० मत पाएका छन् ।

उपमेयरमा भने एमालेले अग्रता कायम राखेको छ । मन्जु गुरुङले चार हजार ३ सय ८४ मत पाउँदा गठबन्धनकी कोपीला रानाभाटले ४ हजार २ सय ९८ मत पाएकी छिन् । राप्रपाकी रन्जना सेनको हालसम्म ५०८ मत आएको छ ।