रसुवाको नौकुण्ड गाउँपालिका ५ मा कांग्रेस प्यानल नै विजयी

रसुवाको नौकुण्ड गाउँपालिका ५ मा कांग्रेस प्यानल नै विजयी


ग्लोब नेपाल
135
Shares

धुन्चे । रसुवाको नौकुण्ड गाउँपालिका– ५ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका श्याम बहादुर थिङले ६ सय ८७ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रामकुमार तामाङले ४ सय १ मत ल्याए ।

यस्तै, माओवादी केन्द्रका उम्मेदवारले ३ सय ३९ मत ल्याए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा यस वडामा एमाले विजयी भएको थियो ।