कैलाशमा निवर्तमान अध्यक्ष मुक्तानले १२० मात्र मत पाए

कैलाशमा निवर्तमान अध्यक्ष मुक्तानले १२० मात्र मत पाए


ग्लोब नेपाल
216
Shares

मकवानपुर । मकवानपुरका कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष टंक मुक्तानले पालिकाभरिबाट जम्मा १२० मत मात्र प्राप्त गरेका छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

त्यतिबेला उनले २ हजार ८०२ मत ल्याएका थिए । एमाले विभाजन भएसँगै मुक्तानले नेकपा एकीकृत समाजवादी रोजेका थिए । सोमबार आएको कैलाशको मतगणना परिणाममा उनले १२० मत मात्र प्राप्त गरेका छन् ।

कैलाशमा नेपाली कांग्रेसका उम्मेदवार लोकबहादुर मुक्तान चार हजार ९८७ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरेन्द्र लाल रिजालले चार हजार ९३ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए ।