गोरखा नगरपालिकामा १५ सय मतान्तरले अग्रता लिँदै माओवादी, पछ्याउँदै कांग्रेस

गोरखा नगरपालिकामा १५ सय मतान्तरले अग्रता लिँदै माओवादी, पछ्याउँदै कांग्रेस


ग्लोब नेपाल
216
Shares

गोरखा । गोरखा नगरपालिकाको निर्वाचन रोचक बन्दै गएको छ । नगरपालिकामा त्रिपक्षिय भिडन्त भएसँगै नगरपालिकाको निर्वाचन परिणाम रोचक बन्दै गएको हो । अहिलेसम्म नगरपालिकाको वडा नम्बर १ देखि १० सम्मको मतगणना सकिएकाे छ । अहिलेसम्मको मतपरिणाम हेर्दा माओवादीले मेयरमा र कांग्रेसले उपमेयरमा अग्रता लिइरहेको छ ।

वडा नम्बर १० सम्मको मतगणना सकिँदा मेयरमा माओवादीले ६ हजार ४८५ मत ल्याएर अग्रता लिइरहेको छ भने उपमेयरमा कांग्रेसले पाँच हजार २१६ मत ल्याएर अग्रता कायम राखिरहेको छ । यस्तै, मेयरमा कांग्रेसले चार हजार ९६२ मत ल्याएर पछ्याइहेको छ भने एमालेले तीन हजार ९५० मत पाएको छ । उपमेरमा भने जसपाले चार हजार ६४२ मत ल्याएर कांग्रेसलाई पछ्यारहेको छ भने एमालेले चार हजार ३२ मत पाएको छ ।

गोरखा नगरपालिकामा कांग्रेस, एकीकृत समाजवदीवीच र माओवादी, जसपाको बीच तालमेल थियो । एमाले एक्लै मैदानमा होमिएको थियो । समाचार लेख्दै गर्दा वडा नम्बर ११ को मतगणना गर्ने तयारी भइरहेको छ । १४ वटा वडा रहेको यस नगरपालिकामा अझै चारवटा वडाको मतगणना बाँकी छ । निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार यी चार वडामा गरी अझैँ ६ हजार ४८२ मतगणना गर्न बाँकी छ ।