नौकुण्ड गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

नौकुण्ड गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी


ग्लोब नेपाल
135
Shares

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका नुर्वुसाङ्बो घलेले ३४७४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सिर्जना लामाले ३०९७ मत प्राप्त गरिन्। उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले २९०४ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका भुमे लामाले १९५१ मत पाए ।

अन्तिम परिणामअनुसार वडा नम्बर १ मा कांग्रेसका कान्छा तामाङ, २ मा एमालेका ङाफु याल्बो थोक्रा, ३ मा एमालेका नोकेन्द्रदेव मोक्तान, ४ मा कांग्रेसका ज्ञानी वाइबा, ५ मा कांग्रेसका श्यामबहादुर थिङ र वडा नम्बर ६ मा एमालेका योनुर्पु तामाङ विजयी भए। २०७४ सालको निर्वाचनमा पनि अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेले विजयी भएका थिए ।