हट्यो ९ महिना लामो संसदको अवरोध

हट्यो ९ महिना लामो संसदको अवरोध


ग्लोब नेपाल
189
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन परिणाममा पछि परेसंगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले ९ महिना लामो प्रतिनिधिसभा (संसद)मा जारी अवरोध अन्त्य गरेको छ । आजदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनमा एमालेले संसदको अवरोध हटाएको हो । 

बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन । आफ्नो दलले कारबाही गरेका सांसदहहरुलाई पदमुक्त नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो । आजको बैठकमा सभामुखसँग समय लिएर एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बोलेका हुन् ।

एमालेले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारबाटै धाँधली भएको आरोप लगाएको छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले सांसद प्रदीप ज्ञवालीले निर्वाचन नै गराउन नचाहको सरकारले राज्य शक्तिको प्रयोग गरेर चुनावमा धाँधली गरेको आरोप लगाए । 

एमालेले कारवाही गरेका १४ सांसदमाथिको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको थियो । अबदेखि सदन अवरोध नगर्ने ज्ञवालीले बताएका छन् । विरोधको स्वरूपलाई परिवर्तन गर्ने उनले बताए ।