ललितपुर महानगरपालिकामा चिरिबाबुको फराकिलो अग्रता

ललितपुर महानगरपालिकामा चिरिबाबुको फराकिलो अग्रता


ग्लोब नेपाल
0
Shares

ललितपुर । ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो अग्रता कायम  गरेका छन् ।  २१ हजार ४२७ मत गणना गर्दा 
 महर्जनले ११ हजार ९२० मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण ब्यन्जनकारले ५ हजार ५७० मत ल्याएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्ट महर्जनले ९९८ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकी  मन्जली शाक्यले ५ हजार ९८३ र माओवादीका बाबुराज बज्राचार्यले ४ हजार ५६६ ल्याएका छन् । 

ललितपुर माहानगरपालिकाको वडा ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका रुपेन्द्र राज शाक्य १ हजार ३१८ मतसहित विजयी भएका छन् । त्यस्तै, वडा नं ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका कुल बाहादुर महर्जन  विजयी भएका छन् । उनले २ हजार १७० मत ल्याएका छन् ।