६ हजार ७४३ मध्ये ४ हजार ८६८ वडाध्यक्ष निर्वाचित, कसले कति जिते ?

६ हजार ७४३ मध्ये ४ हजार ८६८ वडाध्यक्ष निर्वाचित, कसले कति जिते ?


ग्लोब नेपाल
324
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत महानगर, उपमहानगर, नगर र गाउँपालिकामा निर्वाचित हुने ६ हजार ७ सय ४३ वडाध्यक्ष मध्ये धेरै जसो निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगले राखेको तथ्यांक अनुसार हालसम्म ४ हजार ८ सय ६७ वडाध्यक्ष निर्वाचित भइसकेको छन् ।

जसमा सबैभन्दा धेरै नेपाली काँग्रेसका १ हजार ९ सय ६२ जना र एमालेका १ हजार ५ सय २२ जना निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट ८२७, जनता समाजवादीबाट १४७ र स्वतन्त्रसहित अन्यमा ४०९ जना वडाध्यक्ष निर्वाचित भएको आयोगले जनाएको छ । कुल वडाध्यक्षमध्ये निर्वाचित भएका घटाउँदा १९ सय ७६ वडाध्यक्ष निर्वाचित हुन बाँकी छन् ।