लमजुङको मध्यनेपाल नगरपालिकामा कांग्रेसका पाण्डे र एमालेकी गुरुङ विजयी

लमजुङको मध्यनेपाल नगरपालिकामा कांग्रेसका पाण्डे र एमालेकी गुरुङ विजयी


ग्लोब नेपाल
135
Shares

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ। मध्यनेपालमा एमालेलाई पराजित गर्दै गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे विजयी भएका हुन्। उपमेयरमा भने एमालेकी सीता गुरुङ निर्वाचित भएकी छ्न् । मेयरमा निर्वाचित पाण्डेले ६ हजार ५ सय ५२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार श्रेष्ठले ६ हजार २ सय १४ मत प्राप्त गरेका छन्।

यसैगरी, उपमेयरमा निर्वाचित एमालेकी गुरुङले ६ हजार ४ सय ७६ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार बनेका उपेन्द्र अधिकारीले ५ हजार ६५ मत प्राप्त गरे । मध्यनेपालमा २०७४ को स्थानीय तहमा काग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको थियो। ०७४ मा एमाले र माओवादी केन्द्रबिच तालमेल भएको थियोे ।