भरतपुरमा रेणु र पोखरामा धनराजको अग्रता कायमै

भरतपुरमा रेणु र पोखरामा धनराजको अग्रता कायमै


ग्लोब नेपाल
270
Shares

चितवन । भरतपुरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल र पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । भरतपुर महानगरपालिकामा बिहानसम्म ३७ हजार ८६७ मतगणना हुँदा गठबन्धनका साझा उम्मेदवार रेणुले १४ हजार ३७७ मत पाएकी हुन् । उनलाई एमालेका विजय सुवेदी ११ हजार ४३१ मतले पछ्याइरहेका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १६ हजार ७४१ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत ९ हजार २६९ मात्र छ ।

पोखरा महानगरपालिकामा हालसम्म ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यले १९ हजार ६१५ मत पाएका छन् । उनलाई एमालेका कृष्ण थापा १७ हजार ५१२ मतसहित पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेका मन्जुदेवी गुरुङले २० हजार २ मत पाएका छन् । गठबन्धनका कोपिला रानाभाटको मत १९ हजार ७७४ रहेको छ । पोखरामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो ।