धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४० मतले अगाडि

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४० मतले अगाडि


ग्लोब नेपाल
216
Shares

सुनसरी । धरानमा ३० हजार मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर बढाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले मध्याह्न १२ बजेसम्म ३० हजार ४५९ मतगणना सकिदा साम्पाङले ८८१८ मत प्राप्त गरेका छन् ।

उनलाई गठबन्धनका मेयर उम्मेदवार किशोर राईले ८६७८ मत प्राप्त गरेका छन् । स्वतन्त्रका उम्मेदवार साङपाङ र गठबन्धनका राईको बिचमा १४० मतान्तर रहेको छ । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ७०६६ मत प्राप्त गरेकी छिन् ।

यस्तै उपमेयरमा भने गठबन्धनका उम्मेदवार अइन्द्रविक्रम बेघाले ९७४५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार पदम इस्वोले ९४०१ मत प्राप्त गरेका छन् । धरानको वडा १, २, ३, ४, ५, ६, ७, ९, १०, १८ र १९ को मतगणना सम्पन्न भइसकेको छ । अहिले वडा नं ८, ११ र १२ को मतगणना जारी छ । वडा नं २० को विवादका कारण मतगणना स्थगित गरिएको छ ।