बालेन १० हजार, रेणु ३ हजार मतले अग्रता

बालेन १० हजार, रेणु ३ हजार मतले अग्रता


ग्लोब नेपाल
351
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) १० हजार मतले र भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेणु दाहाले ३ हजार मतले अगाडि छिन् । काठमाडौं महानगरमा ५८ हजार ७६ मतगणना भएको छ । प्राप्त नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २२ हजार मत कटाएका छन् । उनले २२ हजार १८९ मत पाएका छन् ।

प्रतिस्पर्धी एमाले उम्मेदवार केशव स्थापितले भने आधा कम मत पाएका छन् । स्थापितले ११ हजार ६७१ मत पाएका छन् । कांग्रेस उम्मेदवार सिर्जना सिंहले १० हजार ९६३ मत पाएकी छन् ।

चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । हालसम्म यहाँ ४० हजार ९६३ मतगणना भइसकेको छ । पछिल्लो गणनाअनुसार रेनु दाहालको अग्रता कायमै छ । उनले १५ हजार ५१३ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत ल्याएका छन् । दाहाल र सुवेदीबीचको मतान्तर तीन हजार १२६ छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ४०३ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका नेता पौडेल पार्टीले टिकट नदिएपछि भूइँकटहर चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन् ।