काठमाडौं । बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शुक्रबार बिहान युवाहरुले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि दोषीलाई कारबाहीको माग गर्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनकारीले ‘दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्ने फास्ट ट्रयाक अदालतको स्थापना गर, बलात्कार मुद्दामा उजुरी गर्नेलाई हदम्याद हटाऊ’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
बलात्कार तथा यौन हिंसामा परेको मितिले एक वर्षभित्र उजुरी दिनुपर्ने हदम्याद हटाउनुपर्ने र पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानुन बनाउनुपर्ने प्रदर्शनकारीको माग छ ।
![](https://globenepal.com/wp-content/uploads/2022/05/280205007_552141426265651_2825508182260318635_n-1-768x512.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/05/280772648_1696392494064895_68505118285610044_n-768x512.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/05/281164253_1139960793215067_7864822666421840884_n-768x512.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/05/280578600_1009242229703997_7484337468188288120_n-768x512.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/05/280970747_1127516431315122_1992612071625906536_n-768x512.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/05/280578600_1009242229703997_7484337468188288120_n-1-768x512.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/05/280293836_540094660955348_1668100139590298400_n-768x512.jpg)
प्रतिक्रिया