रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


ग्लोब नेपाल
108
Shares

चितवन । रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका प्रल्हाद सापकोटा निर्वाचित भएका हुन् ।
सापकोटाले निवर्तमान उपमेयर समेत रहेकी एमालेकी विमला दुवाडीलाई आठ हजार ७१ मतअन्तरले पराजित गरेका हुन् । सापकोटाले २० हजार ७९६ मत प्राप्त गर्दा दुवाडीले जम्मा १२ हजार ७२८ मत प्राप्त गरिन् ।

उपमेयरमा भने एमालेका यादव पाठक ११ सय ६० मतान्तरले निर्वाचित भए । पाठकले १३ हजार ५१४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेले १२ हजार ३५४ मत ल्याए । रत्ननगर नगरपालिकाका १६ वडामध्ये कांग्रेसले नौ, एमालेले पाँच, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले एक/एक वडा जितेका छन् । स्वतन्त्र उम्मेदवारले एमाले र समाजवादीका उमेदवारलाई पराजित गरेका हुन् ।

वडागत नतिजा यस्तो छ

रत्ननगर नगरपालिका–१ मा कांग्रेसको प्यानल नै निर्वाचित भयो । वडा अध्यक्षमा कुलप्रसाद सापकोटा निर्वाचित भए । सापकोटाले ९१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका शालीग्राम पराजुलीले ६८६ मत ल्याए । यस वडामा माओवादी र एकीकृत समाजवादीले पनि उम्मेदवारी दिएको थियो ।

रत्ननगर–२ मा पनि कांग्रेसको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा राजेन्द्र प्रसाद घिमिरेले ९२९ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेका कृष्णप्रसाद डोटेलले ६६० मत मात्रै प्राप्त गरे । अध्यक्षमा उम्मेदवारी दिएका माओवादी र समाजवादीका उम्मेदवार पनि पराजित भए ।

रत्ननगर–३ को अध्यक्षमा कांग्रेसका सोहेन्द्र राज खरेलले १५ सय ८९ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेका गुप्तनाथ भट्टराईले ७८२ मत मात्र प्राप्त गरे ।

रत्ननगर–४ को अध्यक्षमा कांग्रेसका रामकुमार चौधरीको प्यानल नै विजयी भएको छ । चौधरीले ९९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका रविन्द्र चौधरीले ५५१ मत मात्रै प्राप्त गरे ।

रत्ननगर–५ को अध्यक्षमा कांग्रेसका बालकृष्ण चापागाईं ११ सय २६ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण महतोले ९९८ मत मात्रै प्राप्त गरे ।

रत्ननगर–६ को अध्यक्षमा कांग्रेसका किरण महतो एक हजार १६ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेका लोकराज भुसालले ४११ मत ल्याए भने माओवादीका टिकारम खनालले २१६ र समाजवादीका गोकर्ण गिरीले २०२ मत ल्याए ।

रत्ननगर–७ मा एमालेको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा एमालेका सजना महतो ११ सय ५९ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका लालबहादुर भट्टले ८२९ मत मात्रै प्राप्त गरे ।

रत्ननगर–८ को अध्यक्षमा कांग्रेसका कृष्ण चौधरी ११ सय ७१ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेकी गोकर्ण कुमारी महतोले ६५२ मत मात्र प्राप्त गरिन् ।

रत्ननगर–९ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार अनन्त अधिकारीले एक हजार पाँच मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेका घपन बहादुर तमाङले ७७८ र समाजवादीकी सरस्वती लामाले ५७६ मत ल्याइन् ।

रत्ननगर–१० को अध्यक्षमा कांग्रेसकी कलाधर पौडेल १६ सय ३२ मत ल्याएर विजयी भइन् । एमालेका सन्देश पाठकले ९०४ मत मात्र प्राप्त गरे ।

रत्ननगर–११ को अध्यक्षमा एमालेका श्यामकुमार श्रेष्ठ ९२६ मत ल्याएर विजयी भए । कांग्रेसका दिलीपचन्द्र घिमिरेले ८५५ मत ल्याए ।

रत्ननगर–१२ को अध्यक्षमा माओवादी केन्द्रका सुन्दरमणि सुवेदी ११ सय ८४ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसकी अनिता अर्याल लामिछानेले ९४८ र एमालेका रामशरण नेपालले ५७७ मत ल्याए ।

रत्ननगर–१३ को अध्यक्षमा एमालेका पोटबहादुर घिमिरे १२ सय ७२ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका ईश्वरप्रसाद खनालले एक हजार १८ मत मात्र प्राप्त गरे ।

रत्ननगर–१४ को अध्यक्षमा कांग्रेसका होमनाथ रानाभाट एक हजार ५५ मत ल्याएर विजयी भए भने निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका हरिकुमार श्रेष्ठले ९२९ मत मात्रै प्राप्त गरे ।

रत्ननगर–१५ को अध्यक्षमा एमालेका आशिक तमाङ १४ सय ७८ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका दण्डपाणी लामिछानेले ९९० मत मात्रै प्राप्त गरे ।

रत्ननगर–१६ को अध्यक्षमा एमालेका हेमराज थापा ९२७ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भए । निकटतम प्रतिस्पर्धी बद्रीप्रसाद अर्यालले ७८२ मत ल्याए ।