काठमाडौंमा बालेनको फराकिलो अग्रता, दोस्रो हुन एमाले र कांग्रेसबीच प्रतिस्पर्धा

काठमाडौंमा बालेनको फराकिलो अग्रता, दोस्रो हुन एमाले र कांग्रेसबीच प्रतिस्पर्धा

एक उपमहानगरमा स्वतन्त्र विजयी दुइवटामा अग्रता


ग्लोब नेपाल
702
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखमा बालेन्द्र शाह (बालेन) ले मतान्तर बढाउँदै लगेका छन्। काठमाडौंको कोर एरियामा उनको मत नआउने अनुमान गरिएको थियो ।

काठमाडौंको कोर नेवारबस्तीमा मत गणना सुरु हुँदा बालेन साहको मत ३९ प्रतिशतबाट घटेर ३७.५ प्रतिशत पुगेको छ । घटेको मत प्रतिशत (१.५ प्रतिशत) । केशव स्थापितको मत २० प्रतिशतको वरिपरि नै कायम छ भने सिर्जना श्रेष्ठले आफ्नो मत १ प्रतिशतले बढाएर झण्डै २० प्रतिशतको हाराहारीमा पु-याएकी छन् । बालेनको जति मत घटेको छ त्यही अनुपातमा स्थापित र श्रेष्ठले बढाउन सकेका छैनन् । यसबाट के देखिन्छ भने बालेनलाई जाने मत स्थापित र श्रेष्ठलाई होइन अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीलाई गएको अनुमान गरिएको छ । त्यसैले कोरबस्तीले पनि ठूला दलका उम्मेदवारलाई राहत नहुने देखिन्छ।

यो समाचार तयार पार्दासम्म बालेनले एमाले र कांग्रेसका उम्मेदवार भन्दा १५ हजारभन्दा बढी मतको अग्रता लिएका छन्।

यो महानगरमा प्रमुखका उम्मेदवारमध्ये एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठबीचको मतान्तर घट्दो क्रममा देखिएको छ। शनिवार अपराह्ण मतगणनाको ताजा परिणाममा सिंह श्रेष्ठभन्दा १५० भन्दा कम मतले पछाडि छन्।

यो महानगरको उपप्रमुखमा भने एमालेकी सुनिता डङ्गोलले ठूलो मतान्तरले अग्रता लिएकी छन्। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ करिब १५ हजार मतले पछि परेका छन्।

काठमाडौंमा एक लाख ९१ हजार मत खसेकोमा अहिलेसम्म ९५,०० भन्दा बढीको गणना भइसकेको छ। अहिलेसम्मको परिणाममा बालेनले ३६ प्रतिशत मत ल्याएको देखिन्छ भने स्थापित र सिंहले २०–२० प्रतिशत पाएका छन्।

एक उपमहानगरमा स्वतन्त्र विजयी दुइवटामा अग्रता

प्रदेश १ को धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् । यो उपमहानगरमा नेपाली कांग्रेस दोस्रो स्थानमा छ।

मधेश प्रदेशको जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले अग्रता कायम गरेका छन्। एमाले उम्मेदवार दोस्रो स्थानमा छन् । पाँचदलीय गठबन्धनको सहमतिअनुसार नेपाली कांग्रेसले उम्मेदवार नउठाउने निर्णय गरेपछि सुडी विद्रोह गर्दै स्वतन्त्र उम्मेदवार बनेका हुन्।

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । यो उपमहानगरमा एमाले उम्मेदवार तेस्रो स्थानमा छन्। धनगढीमा यसअघि कांग्रेसले जितेको थियो।