७ सय २ स्थानीय तहको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

७ सय २ स्थानीय तहको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ?


ग्लोब नेपाल
220.8k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अब ५१ पालिकाको नतिजा आउन बाँकी भएको छ । अहिलेसम्म ७ सय २ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये प्रमुखमा नेपाली कांग्रेस ३ सय ११ स्थानीय तहमा विजयी भएको छ भने १६ स्थानमा अगाडि रहेको छ । नेकपा एमाले १ सय ९० पालिकामा विजयी हुँदा १५ स्थानमा अग्रस्थानमा छ ।

माओवादी केन्द्रले १ सय १९ स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अगाडि रहेको छ । अन्यतर्फ २८ जनाले स्थानीय तह प्रमुख पदमा जितेका छन् भने ४ स्थानीय तहमा अगाडि छन् । जनता समाजवादी पार्टी (जसपा) ले २६ स्थानमा जित निकालेको छ भने ६ स्थानमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले १७ स्थानमा जितेको छ भने २ स्थानमा अगाडि रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १४ स्थानमा विजयी हुँदा ४ स्थानमा अगाडी छ ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसले २ सय ८३ स्थानीय तहमा जित हासिल गरेको छ भने १६ स्थानमा अगाडि रहेको छ । नेकपा एमाले २ सय २१ पालिकामा विजयी हुँदा १८ स्थानमा अग्रस्थानमा छ । १ सय २४ स्थानमा जित हासिल गरेको माओवादी केन्द्रले ४ स्थानमा अगाडि रहेको छ । जनता समाजवादी पार्टी (जसपा) ले २९ स्थानमा जित निकालेको छ भने एक स्थानमा अगाडि रहेको छ । नेकपा एकीकृत समाजवादीले २१ स्थानमा जितेको छ भने ३ स्थानमा अग्र स्थानमा छ । अन्यतर्फ १८ जनाले स्थानीय तह उपप्रमुख पद जितेका छन् । अब ५१ स्थानीय तहको अन्तिम मतपरिणाम आउँन बाँकी छ ।