बालेनको ४० हजार ४२७ मत, चिरिबाबुको फराकिलो अग्रता

बालेनको ४० हजार ४२७ मत, चिरिबाबुको फराकिलो अग्रता


ग्लोब नेपाल
810
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । मेयरको उम्मेदवारीमा बालेन शाहको दबदबा कायम छ । सुरुदेखि नै लिड गरिरहेका बालेनले १ लाख १३ हजार मत गन्दासम्म ४० हजार ४२७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार १९३ र नेकपा एमालेका केशव स्थापितले २२ हजार ४१५ मत सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

उपमेयरमा भने नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोल आफ्ना प्रतिस्पर्धी भन्दा तेब्बर मतले अगाडि रहेकी छन् । डंगोलको ४० हजार ५२४ मत आउँदा सत्ता गठबन्धनका तर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार ६३७ मत प्राप्त गरेका छन् । काठमाडौंमा १ लाख ९१ हजार १८६ मत खसेको थियो ।

ललितपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार ८२६ मतगणना सकिएको छ । यहाँ ८५ हजार ८६१ मत खसेको छ । अब ललितपुर महानगरमा २२ हजार ३५ मतगणना गर्न बाँकी छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको ३२ हजार ३७८ मतसहित अग्रता कायमै छ । नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी मन्जली शाक्य १८ हजार ३०९ मतसहित अगाडि छिन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बाबुराज बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन् ।