फ्रेन्च ओपनः जोकोभिचको विजयी सुरुवात

फ्रेन्च ओपनः जोकोभिचको विजयी सुरुवात


ग्लोब नेपाल
81
Shares

काठमाडौं । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपनमा विजयी सुरुवात गरेका छन् । सोमबार राति भएको पहिलो चरणको खेलमा जापानी खेलाडी योशितो निशिओकालाई ६-३, ६-१ र ६-० को नतिजामा पराजित गर्दै जोकोभिच दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

कोभिड १९ विरुद्धको खोप नलगाएका कारण अस्ट्रेलिन ओपन खेल्न मेलबर्न पुगेका जोकोभिचलाई त्यहाँको सरकारले फिर्ता गरेको थियो । सोहीकारण जोकोभिचले वर्षको पहिलो ग्राण्डस्लाम गुमाएका थिए । ग्रिगोर डिभिट्रोभ, डिएगो स्वार्ट्जम्यान, राफेल नाडाल, अलेक्जेन्डर जेरेभ र कार्लोस अल्काराज पनि दोस्रो चरणमा पुगिसकेका छन् ।