बाराका नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनियताको सपथ

बाराका नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनियताको सपथ


ग्लोब नेपाल
135
Shares

बारा । बाराका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण गरेका छन् । यहाँका १५ वटै पालिकाका जनप्रतिनिधिले आज पद तथा गोपनियताको सपथ लिएका हुन्स । निजगढ नगरपालिकाका नागर प्रमुख सुरथ पुरीले उपप्रमुख सोममाया थिङ्गसहित वडा अध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनियताको सपथ गराएका छन् । निजगढस्थित बैङ्गकुट सभा हलमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख पुरीले उपप्रमुख थिङ्गलाई पहिले सपथ गराएपछि वडा अध्यक्ष र सदस्यहरूलाई इश्वर, देश र जनताको नाममा पद तथा गोपनियताको सपथ गराएका थिए । सपथ कार्यक्रमपछि उपप्रमुखसहित सबैले पदबहाली गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिले सोमबार पदभार ग्रहण गरेलगत्तै पदबहाली गरेका हुन् भने कलैया उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आइतबारनै सपथ लिएका थिए । उनीहरूले आज पदबहाली गरेका छन् । मुख्य निर्वाचन अधिकृतसँग सपथ लिएपछि साहले उपमहानगरका अन्य जनप्रतिनिधिलाई सपथ गराएका थिए । सपथ ग्रहण गराएसँगै नगर प्रमुख साहले पदभार ग्रहण गरेका छन् ।

यस्तै, बाराका अन्य पालिकामा समेत सपथ ग्रहण र पदभार ग्रहण गरेका छन् । बाराको स्थानीय तहमा निर्वाचित पालिका प्रमुखले आईतबारनै सपथ लिएका थिए । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाएका हुन् ।