काठमाडौँ महानगरको उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौँ महानगरको उपमेयरमा सुनिता डंगोल विजयी

गन्न बाँकी २४ हजार, मतान्तर करिब ४० हजार


ग्लोब नेपाल
405
Shares

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी भएकी छन् । नेकपा एमालेबाट उम्मेदवार रहेकी डंगोल भारी मतान्तरका साथ विजयी भएकी हुन् । २४ हजार ७७८ मतगणना बाँकी रहँदै डंगोल उपमेयरमा विजयी भएकी हुन् । १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । अब गणना हुन करिब २४ हजार मत सबै श्रेष्ठलाई गए पनि डंगोलकाे जित निश्चित भएकाे हाे ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन् । उनीहरुबीचको मतान्तर ३९ हजार ९८९ रहेको छ । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह ५४ हजार २ सय १३ मतसहित अग्र स्थानमा छन् । उनलाई नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई रहेकी छन् ।