आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । संसद्को दुवै सदनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम आज पारित गर्ने तयारी गरेको छ । दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमार्फत नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश भएको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू प्रस्तुत हुने तथा सम्बोधनमाथि छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए । भोलिसम्ममा नीति तथा कार्यक्रम पारित गर्नुपर्ने संवैधानिक बाध्यता संसदलाई छ । नीति तथा कार्यक्रम पारित भएपछि यही जेठ १५ गते आइतबार संसद्मा बजेट प्रस्तुत हुनेछ ।