टिम खरिद गर्न क्यानको टेन्डर आह्वान

टिम खरिद गर्न क्यानको टेन्डर आह्वान


ग्लोब नेपाल
135
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो आधिकारिक क्रिकेट लिग नेपाल टी-२० को टिम खरिदका लागि टेन्डर आव्हान गरेको छ । क्यानले यसअघि नै लिग खेल्ने ६ टिमको नाम टुंगाे लगाइसकेको छ । यसैको स्वामित्वका लागि क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै टिम खरिदका लागि टेन्डर आव्हान गरेको हो । ८ असोजदेखि ५ कात्तिकसम्म हुने प्रतियोगिताको लागि क्यानले टिमको नाम विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न राखेको छ ।

प्रतियोगितासँगै क्यानले नेपालमा सञ्चालनमा आएका तीन फ्रेन्चाएज लिगको राष्ट्रिय मान्यता खारेज गरेको छ । यससँगै क्यानले यी लिगलाई प्रादेशिक संरचनामा गए मान्यता दिने बताएको छ । क्यानको यो निर्णयसँगै एभरेष्ट प्रिमियर लिग (इपीएल) तथा त्यससँग सम्बन्धित क्लबहरू भने सर्वाेच्च अदालतको ढोका ढकढकाउन पुगेका छन् ।