उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

उपाधिका लागि गुजरात र राजस्थान खेल्दै


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् ।

खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आइपिएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आइपिएलमा पहिलो संस्करणको उपाधि जितेको थियो ।

पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।