अपडेट: मुस्ताङमा तारा एयरको २२ यात्रु बोकेको विमान दुर्घटनाको आशङ्का

अपडेट: मुस्ताङमा तारा एयरको २२ यात्रु बोकेको विमान दुर्घटनाको आशङ्का


ग्लोब नेपाल
270
Shares

पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा दुर्घटनामा परेको छ । १३ नेपाली, ४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान लेतेमा दुर्घटनामा परेको हाे । आइतबार बिहान ९ः५५ बजे उडेको जहाज सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्किएको जानकारी आएको पोखरा विमानस्थल स्रोतले जनाएको छ।