हराइरहेकाे तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

हराइरहेकाे तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो


ग्लोब नेपाल
1.5k
Shares

काठमाडौं । नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् ।

आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान मानापाथी हिमालको फेदीमा फेला परेको छ । जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको मुस्ताङ प्रहरीले ग्लाेब नेपाललाई जनाएकाे छ ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको कलसाईन ९ एन–एइटी भएको ट्विनअटर विमान आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको थियो । विमानमा चालक दलका तीन र स्वदेशी तथा विदेशी १९ यात्रु सवार थिए । २२ जनामध्ये ४ जना महिला रहेका छन्। चालक दलको सदस्यमा प्रभाकर घिमिरे पाइलट, उत्सव थापा को-पाइलट र एअर होस्टेज किस्मी थापा रहेका छन्। विमानमा भारतीयसहित ६ जना विदेशी रहेका छन्। १३ जना नेपाली यात्रु सवार छन्। तीन जना विमानमा यात्रु दलका सदस्य रहेका छन्।