आजबाट बजेटमाथि सैद्धान्तिक छलफल हुँदै

आजबाट बजेटमाथि सैद्धान्तिक छलफल हुँदै


ग्लोब नेपाल
189
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने सङ्घीय संसद सचिवालयले जनाएको छ । बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिने छन् । आज, भोलि र पर्सि बजेटमाथि सैद्धान्तिक छलफल गर्ने तयारी रहेको छ । गत आइतवार अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक प्रस्तुत गरेका थिए ।