प्रचण्डको चिन्ता: माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको छ

प्रचण्डको चिन्ता: माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको छ


ग्लोब नेपाल
405
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकलाई माओवादी केन्द्र झन् खराब हो कि भन्ने पर्न थालेको चिन्ता व्यक्त गरेका छन् । बुधबार पार्टीले स्थानीय तहको निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कतिपय स्थितिमा माओवादी प्रतिनिधिहरु अझ खराब पो छन् कि भन्ने नागरिकलाई भ्रम परेको बताए ।

उनले अहिले अरु दल र माओवादीबीचको फरक मेटिएको समेत दावि गरे । प्रचण्डले अघि भने, ‘हुनत हामीले हाम्रा दस्तावेजमा, व्याख्या विश्लेषण गर्दा हामी क्रान्तिकारी हौं भन्छौं, तर अरु संसदवादी पार्टी र माओवादीबीचको पहिचान क्रमश मेटिएको हो कि ? कतिपय स्थितिमा माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको छ । तर त्यो कुरा होइन ।’

अध्यक्ष प्रचण्डले विगतमा सशस्त्र युद्धका क्रममा जनताको काममा सहयोग गर्ने गरे पनि अहिले त्यो कम हुँदै गएको बताए । ‘अहिले हाम्रो व्यवहार त्यस्तो छैन, हामीले जे भन्छौं त्यो गरिरहेका छैनौं, उनले भने, हाम्रो गराई अरु संसदवादी, बुर्जुवा अपर्चुनिस्टहरुको भन्दा फरक देखिन छाड्यो ।’