एसईईको नतिजा असार अन्तिममा !

एसईईको नतिजा असार अन्तिममा !


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । गत बैशाखमा सञ्चालन गरिएको गत वर्ष २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी असारको अन्तिम सातामा मात्र सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले छिटोमा असार मसान्तसम्ममा र ढिलोमा साउनको पहिलो सातामा नतिजा सार्वजनिक गर्ने गरी काम अगाडि बढाएको जनाएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने, “सकभर असार मसान्तसम्ममा नतिजा सार्वजनिक गर्ने योजना बनाएका छौँ ।”

गत वैशाख २० गते परीक्षा सकिएको थियो । परीक्षा सकिए लगत्तै स्थानीय तह निर्वाचनमा कर्मचारी र शिक्षक खटिएपछि एसईईको उत्तरपुस्तिका परीक्षण कार्य अगाडि बढ्न सकेन । जेठको पहिलो साताबाट मात्र उत्तरपुस्तिका परीक्षण थालिएको छ । “अब उत्तरपुस्तिका परीक्षणको काम धमाधम थालिएको छ । असारको अन्तिम साताभन्दा अगाडि नतिजा सार्वजनिक हुन सम्भव छैन” उपपरीक्षा नियन्त्रक भक्त गोदारले भने ।

परीक्षा नियन्त्रण कार्यालयले विभिन्न ५६ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षणको कार्य जारी राखेको छ ।
एसईईमा करिब पाँच लाख १४ हजार परीक्षार्थी सम्मिलित थिए । जापानबाट पनि २० जना परीक्षार्थी सम्मिलित भएका छन् ।