चुरे क्षेत्रबाट बस्ती हटाउन र वृक्षारोपण गर्न सांसद लक्ष्मणलाल कर्णको सुझाव

चुरे क्षेत्रबाट बस्ती हटाउन र वृक्षारोपण गर्न सांसद लक्ष्मणलाल कर्णको सुझाव


ग्लोब नेपाल
189
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादीका सांसद लक्ष्मणलाल कर्णले चुरे क्षेत्रबाट बस्ती हटाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबार जारी बैठकमा आर्थिक वर्ष २०७/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले चुरे संरक्षणका लागि सो क्षेत्रबाट बस्ती हटाउनुपर्ने र वृक्षारोपण गर्नुपर्ने बताएका छन् ।

चुरे संरक्षण भएमा मधेशका बस्ती जोगिने भन्दै कर्णले भने, ‘चुरे संरक्षण गर्न वृक्षारोपण गर्नुहोस् । चुरेमा भएका बस्ती हटाउनुहोस् । चुरे संरक्षण भयो भने मधेशका जग्गा बच्छ ।’ चुरे संरक्षण नभएमा १० वर्षमा मधेश मरभूमिमा परिणत हुने भन्दै उनले बजेट बनाउने क्रममा प्रदेश सरकारसँग छलफल नगरेकोमा आपत्ति जनाए ।

चुरे संरक्षण गर्ने विषयमा गफ मात्रै भएको टिप्पणी गरेका कर्णले चुरे संरक्षण गर्ने विषयमा गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।