महानगरलाई १० अर्ब र गाउँपालिकालाई १ खर्बको बजेट, कुन स्थानीय तहमा कति बजेट ? (सूचीसहित)

महानगरलाई १० अर्ब र गाउँपालिकालाई १ खर्बको बजेट, कुन स्थानीय तहमा कति बजेट ? (सूचीसहित)


ग्लोब नेपाल
108
Shares

काठमाडौं । आर्थिक वर्ष २०७९/८०मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् ।

सरकारले ६ महानगरपालिकाका लागि १० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आवका लागि विनियोजन गरेको बजेट देशभरका ११ उपमहानगरपालिकाका लागि १० अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यस्तो बजेट नगरपालिकाका लागि १ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँ छ । 

स्थानीय तहमा पठाएको बजेट देशैभरका गाउँपालिकाका लागि १ खर्ब ४६ अर्ब १७ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण विवरणमा उल्लेख छ । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् ।

समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

कुन स्थानीय तहले कति पाए बजेट सूची हेर्नुस्: