संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत


ग्लोब नेपाल
81
Shares

काठमाडौं । संघिय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभाको बिहीवार बसेको बैठकले सभाबाट स्वीकृत भएको संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रश्ताव राष्ट्रियसभा नियमावली २०७५ को नियम ८७ बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्य खिमलाल देवकोटा प्रस्तावक रहेको संघीयता कार्यान्वयनसम्बन्धि संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे । उनले सदस्य देवकोटा प्रस्तावक रहेको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव जितेन्द्रनारायण देव, गोपाीबहादुर सार्की अछामी, नन्दा चपाँई, प्रमिलाकुमारी र देवेन्द्र दाहाल समर्थक भई दर्ता गराउनुभएको प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तुत संकल्प प्रस्तावलाई सत्तापक्ष र प्रतिपक्ष सबै सांसदले सहमति जनाएका थिए ।

राष्ट्रियसभामा दर्ता भएको संघीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा सांसदहरुले संघीयताको मर्मअनुसार तीनै तहका राज्य सञ्चालन हुनुपर्ने धारणा राखेका थिए ।