तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाको कार्यपालिका सदस्यमा एमाले सबै उम्मेदवारहरू विजयी भएका छन्।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जम्मा १२ वटामा ३५ जना नगर सभा सदस्य निर्वाचित भएपछि स्पष्ट बहुमत ल्याएको एमालेले आफ्ना आठ सदस्यलाई कार्यपालिकामा चयन गर्न सफल भएको हो ।
बिहीबार भएको निर्वाचनमा पाँच निर्वाचित महिला सदस्यहरु मध्ये डोलमाया गुरुङ, सिता तिम्सिना, रिता नेपाली, सुनिता सुनार र शारदा ढकाल निर्वाचित भए । यस्तै दलित र अल्पसङ्ख्यक तर्फमा सन्तोष विक, खिमबहादुर कुमाल र विमल जिसी कार्यपालिका सदस्यमा चयन हुन सफल भएको नगरपालिकाका प्रवक्ता सचिन भुजेलले जानकारी दिए ।
उहाँका अनुसार नगर सभामा एमालेको ३५ सदस्यसहित स्पष्ट बहुमत थियो भने काँग्रेस र माओवादी गठबन्धनमा जम्मा २७ सदस्य निर्वाचित भएका थिए । निर्वाचित सबै उम्मेदवारले ३५ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया