पल शाहको मुद्दामा बहस सकियो, धरौटी वा थुनामा पठाउने आदेश आउन बाँकी

पल शाहको मुद्दामा बहस सकियो, धरौटी वा थुनामा पठाउने आदेश आउन बाँकी


ग्लोब नेपाल
621
Shares

काठमाडौं । अभिनेता पल शाहविरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालतमा बहस सकिएको छ । अदालतले आजै शाहलाई तारेखमा छाड्ने वा नछाड्ने निर्णय लिनेछ ।

न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा बसह सकिएको छएक नाबालिग गायिकालाई बलात्कार गरको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शाहले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा निवेदन दिएका थिए।

त्यसमा आज भएको सुनवाइमा शाहको तर्फबाट पाँच जना र ‘पीडित’ को तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट एकजना सरकारी वकिलले बहस गरेका हुन् ।

बहस सकिएकाले आजै न्यायधीशले आदेश सुनाउने छन् । शाहलाई थुनामै राखेर अनुसन्धान गर्ने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छाड्ने तीन विकल्प छन् ।