वाग्मती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित


ग्लोब नेपाल
81
Shares

हेटौँडा । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले १६ जेठमा प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रम बुधवार बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रमको पक्षमा गठबन्धन दलका सांसद्हरु रहँदा विपक्षमा सदनमा प्रतिनिधित्व गर्ने नेकपा (एमाले) र अन्य दलहरु रहेका थिए।

नीति तथा कार्यक्रममा एमालेका सांसदहरु केशव प्रसाद पोखरेल, शान्ति पौडेल, सिता लामा, नारायण बहादुर शिंह, अरुण नेपाल, योगेन्द्र संग्रौला, रामकुमार अधिकारी, विवेशिल साझा पार्टीका रमेश पौड्याल, नेमकीपाका सुरेन्द्रराज गोसाईले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

नीति तथा कार्यक्रममा विभिन्न दलका सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिएका थिए।