जिल्ला अदालतको आदेश उच्च अदालत पोखराद्वारा सदर, पल शाह थुनामै रहने

जिल्ला अदालतको आदेश उच्च अदालत पोखराद्वारा सदर, पल शाह थुनामै रहने


ग्लोब नेपाल
2.3k
Shares

काठमाडौं । उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँ र पुर्वी नवलपरासीको आदेशलाई सदर गरेको छ । अब उच्च अदालत पोखराले उक्त आदेश सदर गरेसँगै शाह थुनामै रहने भएका छन् ।

एक नाबालिग गायिकालाई बलात्कार गरको आरोपमा पुर्पक्षमा थुनामा रहेका शाहले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग राख्दै उच्च अदालत पोखरामा निवेदन दिएका थिए। बिहीबार बहसपछि उच्च अदालतका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरेको उपरजिष्टार विष्णुप्रसाद आचार्यले जानकारी दिए । शाहले साधारण तारेखमा रिहा गर्नका गरेको मागलाई अदालतले अस्वीकार गरेको हाे । यससँगै कम्तिमा फैसलासम्म शाह थुनामै रहने भएका हुन् ।

यसअघि बलात्कार आरोपमा उजुरी परेपछि गत ११ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहु समक्ष समक्ष आत्मसर्मपण गरेका थिए। उनीविरुद्ध तनहुँ र नवलपरासीमा उजुरी परेको थियो । दुवै अदालतले उनलाई पुर्पक्षमा पठाउने आदेश दिएका थिए।

पछि पीडित भनिएकी नाबालिग गायिकाले शाहले बलात्कार नगरेको भन्दै बयान फेरेकी थिइन्। त्यसपछि घटनाले ट्वीस्ट लिएको थियो। पीडित पक्षले बयान फेरे पनि उच्च अदालतले भने यसअघिकै जिल्लाको आदेश सदर गरेको छ।